उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

Image

 निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढेको छ । वर्षासँगै बागमती, धोबीखोला, विष्णुमतीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेको हो ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको सतह बढिरहेको छ ।

त्यस्तै, केही करिडोर सडक क्षेत्रमा पानी जम्दा सवारी आवागमनमा समेत समस्या भएको छ ।

महाशाखाले नदी तथा खोलामा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्र, खोला किनारका सडक र जोखिमयुक्त नदी आसपासका क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ ।

महाशाखाले सम्भावित जोखिमबाट बच्न नदी तथा खोलाको बहावबारे सतर्क रहन र आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।