ललितपुरमा तास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४, इमाडोलका ४१ वर्षीय रामबाबु केसीसहितका व्यक्तिहरू छन् ।
केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार (कात्तिक १४) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद एक लाख ७० हजार ७१० रुपैयाँ र १५ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।














