म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले यामाहा मोटरसाइकल र स्कुटर जितेका छन् । सुर्खेतदेखि जनकपुर, बनेपादेखि बुटवल र धनगढीदेखि वीरगञ्जसम्मका उपभोक्ता अभियानका विजेता बनेका हुन् ।
अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । त्यस्तै, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन् ।
पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेतामध्ये जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । त्यस्तै, धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेतले यामाहा रे जेडआर स्कुटर हात पारेका छन् ।
म्याक्स टाइगरले दशैंको उत्साह र युवाको जोशलाई लक्षित गर्दै सञ्चालन गरेको यस अभियानमा कुल ३६ वटा दुईपाङ्ग्रे सवारीसाधन र एउटा कार पुरस्कारका रूपमा राखेको छ । जसअनुसार १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र अन्य १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्नेछन् । यस्तै, एक जना भाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्राप्त गर्नेछन् ।
कुल ३७ वटा सवारीसाधन पुरस्कार रहेको अभियानमा हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् । अब २७ वटा मोटरसाइकल तथा स्कुटर र एउटा कारसहित २८ वटा सवारीसाधनका विजेता घोषणा हुन बाँकी छन् ।
‘हरेक क्यानमा ऊर्जा, हरेक जितमा नयाँ उत्साह’ भन्ने नारासहित सञ्चालन भइरहेको अभियानले उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
देशका विभिन्न सहरमा विजेता सार्वजनिक भएसँगै अभियानप्रति उपभोक्ताको आकर्षण र उत्साह बढ्दै गएको कम्पनीको विश्वास छ । अब बाँकी पुरस्कारमध्ये सबैभन्दा आकर्षक बम्पर पुरस्कार प्रोटोन कार कसले जित्ला भन्ने चासोसमेत बढेको छ ।














