अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

Image

 अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारतबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको छ । भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो ।

भेटमा दुई देशबीचको आर्थिक सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भए पनि थप विवरण सार्वजनिक गरिएको छैन ।