नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् ।
मङ्गलबार नेपाल एलपि ग्यास उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् । उहाँनले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए ।
निर्देशक थानीले कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधरणका लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको जानकारी दिए । उनले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए । उनले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आइपीओ दिने तयरी रहेको पनि जानकारी दिए ।
निर्देशक थानीले विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने बताए । उनले ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा नभएको बताए । उनले सरकारले व्यवसायीहरुका मागहरु समयसापेक्ष रुपमा सम्बोधन चाँडै गर्ने बताए।
निर्देशक थानीले मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउने हिसावले नेपाल आयल निगमले वि. स. २०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको बताए । उनले जनता, व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले आयल निगमस्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भए पनि नाफामा रहने जानकारी दिए ।














