गगनजीलाई कसैले पक्रन सक्दैन : प्रचण्ड

Image

 नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई कसैले पक्राउ गर्न नसक्ने बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय अनुगमन तथा मूल्यांकन विभागको शुक्रबार बसेको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले थापालाई कसैले पक्राउ गर्न नसक्ने बताएका हुन् ।

उनले वर्तमान सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्यमान्यता तथा मर्मविपरीत अघि बढ्न खोजेको आरोप लगाए ।

“सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्यमान्यता र मर्मबाहिर जान खोजिरहेको छ । यो देश र सबै जनताका लागि निकै चिन्ताको विषय छ,” उनले भने ।

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) लाई बर्खास्त गर्ने निर्णयबारे भने प्रचण्डले टिप्पणी गर्न चाहेनन् ।

उक्त निर्णय अदालतमा पुगिसकेकाले यस विषयमा अहिले बोल्न नमिल्ने उनको भनाइ थियो ।