काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्ध र कूटनीतिका सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । उनले सोमबार प्रतिनिधि सभामा बेल्दै पक्ष र विपक्षमा भएपनि परराष्ट्र सम्बन्ध र कूटनीतिका सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक भएको बताए । उनले भने, ‘परराष्ट्र सम्बन्ध र कूटनीतिका सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक छ। हामीले देशको हितलाई केन्द्रमा राखेर सबैले सहमतिको साथ अगाडि बढ्नुपर्छ। हामीले देशको हितलाई केन्द्रमा राख्न सक्दा अन्य कुरा हाबी हुन सक्छन् । स्वतन्त्र परराष्ट्र नीति। दक्ष र कुशल कूटनीतिको पक्षमा उभिन सक्छौं ।’
श्रेष्ठले कूटनीतिक आचारसंहिता पालनाका लागि कडा कदम चाल्ने दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै परराष्ट्र मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने, ‘परराष्ट्र सम्बन्ध र कूटनीतिक मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता छ । आचारसंहिता पालनामा सरकार कडा हुन्छ । देशको हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र मामिलामा सहमतिको साथ अगाडि बढ्नुपर्छ ।’














