एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङ र कथित चिनियाँ महिला जासुसबीचको प्रेम सम्बन्धबारे अनुसन्धान गरिरहेको बताएका छन् ।

ट्रम्पका अनुसार सोमबार हुआङसँग भएको कुराकानीमा उनले ती महिला जासुस भएको जानकारी थियो कि थिएन भनेर सोधेका थिए । हुआङले आफूलाई ती महिला जासुस भएको कुनै जानकारी नभएको बताएको ट्रम्पले उल्लेख गरेका छन् ।

फक्स न्युजका अनुसार ट्रम्पले भने, ‘हुवाङले मलाई ती महिला जासूस हुन् भन्ने कुराको पत्तोसम्म नभएको बताए। म उनको कुरामा पूर्ण रूपमा विश्वास गर्छु।’

हुवाङ एक असल मान्छे भएको बताउँदै ट्रम्पले यस घटनाबाट अमेरिकी सुरक्षामा कुनै खतरा नपुगेको विश्वास व्यक्त गरेका छन्। यता, चीनले भने आफूमाथि लागेको जासुसीको आरोप पूर्ण रूपमा बेबुनियाद भएको भन्दै खारेज गरेको छ।

यसैबीच, एनभिडियाले एलिस हुआङसँग जोडिएको घटनाबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । कम्पनीले आफ्नो गोप्य सूचना वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विवरणमा कुनै सम्झौता भएको मान्नुपर्ने आधार नरहेको जनाएको छ ।