६ किलो ४० ग्राम चरेससहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनकी २१ वर्षीया दिव्याश्री काफ्ले रहेका प्रहरीले जनाएको छ ।
सोमबार (कात्तिक ३०) बिहान करिब १ः४५ बजे मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङस्थित प्रहरी चेकपोस्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरी टोलीले बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको जीप रोकी चेकजाँच गरेको थियो ।
त्यसक्रममा ६ किलो ४० ग्राम चरेस फेला पारी बरामद र जीपका चालक श्रेष्ठसहित ती महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













