‘फास्ट ट्रयाक’को महादेवटार सुरुङको राष्ट्रपतिले गरे ‘ब्रेक थ्रु’

Image

 तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत सबैभन्दा लामो मकवानपुरको महादेवटारस्थित दायाँ सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३.४४५ किलोमिटर लम्बाइको सुरुङको ‘ब्रेक–थ्रु’ गरेका हुन् । यसअघि ३.४८६ किलोमिटर लामो बायाँ टनेल गत भदौमा छिचोलिएको थियो । 

करिब ७१ किलोमिटर लामो द्रुतमार्गको काम २०८६ चैत मसान्तसम्म सक्नुपर्ने समयसीमा छ । हालसम्म यो आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत छ ।