तीन दिनपछि सेयरमा देखियो ‘करेक्सन’, १० अंकले घट्यो सूचक

Image

तीन दिन लगातार बढेको सेयरबजारमा बिहीबार ‘ब्रेक’ लागेको छ। op; परिसूचक नेप्से १०.८९ प्रतिशतले घटेर २६३६.७५ विन्दुमा रोकिएको हो। 

यस दिन कुल ५ अर्ब ४८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यसअघिका तीन दिन नेप्से २.२६, १५.३९ र ८.७० अंकले बढेको थियो। 

बिहीबारको कारोबारमा ८६ वटा सेयरको मूल्य बढ्दा १७९ वटा घटेका र १४ वटा अपरिवर्तित अवस्थामा छन्। यस दिन सेयरहरु ४.८८ प्रतिशतसम्म बढेका र ४.७६ प्रतिशतसम्म घटेका छन्। 

कारोबारमा हिमालय ऊर्जा विकास कम्पनी २४ करोडको कारोबारसहित अगाडि छ। यसबाहेक २२ करोडसम्म कारोबार भएको छ।  यस दिन लगानी समूह बढे पनि बाँकी सबै राताम्य रहेको नेप्सेले जनाएको छ।