सरकारले चाडपर्वका बेला उपभोक्तालाई सहज होस् भनी खसी तथा च्याङ्ग्रा खरिदमा अझ सहुलियत दिएको छ ।
आजैबाट लागु हुनेगरी जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँबाट घटाएर ६५० र च्यांग्रा प्रतिकिलो १ हजार २५० रुपैयाँबाट घटाएर प्रतिकिलो १ हजार २२५ कायम गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उक्त निर्णय बिहीबार गरिएको मन्त्रालयले जानकारी दिएको छ ।












