सेयर बजार मापक नेप्से परिसूचक २८.१८ अंकले घटेर बन्द भएको छ । बजार १.४८ प्रतिशतले घटेर १८७५.६५ विन्दुमा बन्द भएको हो ।
आइतबारको बजारमा २०० कम्पनीको सेयर मूल्य घट्यो भने २७ कम्पनीको सेयर मूल्यमा मात्रै वृद्धि हुन पुग्यो । त्यस्तै, ७ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै फेरबदल आएन ।
कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । २८३ धितोपत्रको २७ लाख १२ हजार १२३ कित्ता खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।













