काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ ।
बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ। त्यसैगरी सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।
आज १२४ कम्पनीको सेयर मूल्य बढ्यो भने ९३ कम्पनीको सेयर मूल्य घट्न पुग्यो । त्यस्तै, २२ कम्पनीको सेयर मूल्य घटबढ भएन । आज ३१ लाख ५७ हजार ६२ कित्ता सेयर ७८ करोड २७ लाख ४३ हजार २ सय ६४ रुपैयाँमा कारोबार भएका छन् ।
ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.०७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनी र नेपाल एसबिआई बैंकको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।














