वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वाणिज्य बैंकले आगामी मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको सूचना अनुसार अब बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेप (रेमिट्यान्स बाहेक) मा १०.६०३ प्रतिशत ब्याजदर दिने भएका छन् ।
माछापुच्छे बैंकले बढाएको छ भने आधा दर्जन वाणिज्य बैंकहरुले कात्तिकको ब्याजदरलाई निरन्तरता दिएका छन् । माछापुच्छे बैंकले मंसिरमा बचतमा ५.६० देखि ८.६० प्रतिशत ब्याज दिने भएको छ ।
मुद्दति निक्षेपमा व्यक्तिगततर्फ १०.६ प्रतिशत बनाएको छ भने संस्थागततर्फ ८.६ प्रतिशत बनाएको छ । कात्तिकमा माछापुच्छ्रेले व्यक्तिगत निक्षेपतर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको थियो ।
मंसिरमा ब्याजदर घटबढ नगर्नेमा नेपाल बैंक, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंक छन् । यी बैंकले भने कात्तिकको ब्याजदरलाई निरन्तरता दिएका छन् ।
नेपाल बैंकले मंसिरमा व्यक्तिगत निक्षेपमा ९.२२ र संस्थागततर्फ ७.२२ प्रतिशत, सिटिजन्स बैंकले व्यक्तिगततर्फ ९.९५ र संस्थागततर्फ ७.९५ प्रतिशत, सिद्धार्थले व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगततर्फ १० र संस्थागततर्फ ८ प्रतिशत, कुमारीले व्यक्तिगततर्फ १०.०१ र संस्थागततर्फ ८.०१ प्रतिशत र प्राइम बैंकले व्यक्तिगततर्फ १०.२५ र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याज दिने भएका छन् । कात्तिकमा पनि बैंकले यही ब्याज दिएको थियो ।
ब्याजदर सबैभन्दा बढी एनआईएसी एशिया बैंकले घटाएको छ । कात्तिकमा बैंकले व्यक्तिगततर्फ ११.००३ र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याज दिएको थियो । मंसिरका लागि व्यक्तिगततर्फ ८.९६ र संस्थागततर्फ ६.९६ प्रतिशत बनाएको छ ।
यस्तै, एनएमबि बैंकले मंसिरमा व्यक्तिगततर्फ ९.७६ र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर तोकेको छ । कात्तिकमा क्रमशः ११.००३ र ९.००३ प्रतिशत थियो ।
मंसिरमा ४ वटा बैंकको ब्याजदर व्यक्तिगत र संस्थागत दुवैमा एकैखाले छ । एभरेष्ट, प्रभु, सानिमा र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ९ र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । यी बैंकको ब्याजदर कात्तिकको तुलनामा मंसिरमा घटेको छ । कात्तिकमा क्रमशः ९.२२४ र ७.२२४ प्रतिशत थियो ।
हिमालयन र नेपाल एसबिआईले मंसिरका लागि व्यक्तिगत निक्षेपमा १०.६३ प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याज दिने भएका छन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको मंसिरका लागि व्यक्तिगत निक्षेपतर्फ ८.९७ र संस्थागततर्फ ५.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ९.१ र संस्थागततर्फ ७.१ प्रतिशत, कृषि विकासले व्यक्तिगततर्फ ९.५१२ र संस्थागततर्फ ७.५१२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले व्यक्तिगततर्फ ९.५१ र संस्थागततर्फ ७.५१ प्रतिशत तथा ग्लोबल आइएमईले व्यक्तिगततर्फ ९.६ र संस्थागततर्फ ७.६ प्रतिशत ब्याजदर तोकेको छ ।












