तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहको छ ।

चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदी तोलामा एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।