नेपाल आइपुग्यो साफमा उपविजेता बनेको नेपाली फुटबल टोली

दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली कतार एयरको जहाजबाट केहीबेर अघि नेपाल आइपुगेको हो ।।

माल्दिभ्सको राजधानी मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो । साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा नेपाली टोलीले पहिलो पटक फाइनल खेलेको हो । नेपालले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

एक महिना लामो समयपछि नेपाली टोली स्वदेश फर्किएको हो । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो । कतारमा तयारी गरेपछि साफ च्याम्पियनसिपका लागि असोज ११ गते माल्दिभ्स पुगेको थियो । कतारमा नेपालले दुई वटा मैत्रीपूर्ण खेलसमेत खेलेको थियो ।

कतार जानुअघि नेपाली टोलीले चैत १७ र २० गते दशरथ रंगशालामा भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा १–१ को बराबरी गरेको नेपाल दोस्रो खेलमा भारतसँग २–१ गोलले पराजित भएको थियो ।

नेपालले साफ च्याम्पियनसिपमा उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० गोलले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलले हराएको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाली टोलीले राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो।

कमजोर सुरुवात गरेको भारतले आठ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । नेपाल सात अंकका साथ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको थियो । एक महिना लामो समयपछि नेपाली टोली स्वदेश फर्कन लागेको हो । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो । कतारमा तयारी गरेपछि साफ च्याम्पियनसिपका लागि असोज ११ गते माल्दिभ्स पुगेको थियो । कतारमा नेपालले दुई वटा मैत्रीपूर्ण खेलसमेत खेलेको थियो ।

कतार जानुअघि नेपाली टोलीले चैत १७ र २० गते दशरथ रंगशालामा भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा १–१ को बराबरी गरेको नेपाल दोस्रो खेलमा भारतसँग २–१ गोलले पराजित भएको थियो ।

नेपालले साफ च्याम्पियनसिपमा उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० गोलले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलले हराएको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाली टोलीले राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो।

कमजोर सुरुवात गरेको भारतले आठ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । नेपाल सात अंकका साथ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार