पुस १० पछि काम नगर्ने मन्त्री फेर्छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताएका छन । आज मोरङको मिक्लाजुङमा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले काम नगर्ने मन्त्रीलाई फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने बताएका हुन् ।

आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री दाहालले पुस ११ गतेबाट नयाँ ढंगले जनताका काम गर्ने जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले लाभाखोला वृहत खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता समेत व्यक्त गरे । उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने उनको प्रतिबद्धता छ ।