लगातार चार दिन बढेको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा बिहीबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

गत आइतबारदेखि लगातार बढिरहेको सुनको मूल्य बिहीबार भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ३६ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन प्रतितोला एक लाख ३६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । यो‍ मूल्य हालसम्मकै उच्च हो ।

महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य भने यथावत छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ तोकिएको छ ।