चट्याङ लागेर एक जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा चट्याङ लागेर एक जनाको निधन भएको छ । मध्यविन्दु नगरपालिका–६ भण्डारा बस्ने ६० वर्षीय डिल्लीराम थारूको मृत्यु भएको हो।

आफ्नो घर नजिकको बारीबाट फर्किने क्रममा उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका उनलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको थियो। त्यहाँ उपचारको क्रममा पौने ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।