आइएमई जनरल इन्स्योरेन्सले माग्यो हकप्रद निष्कासनको अनुमति

आइएमई जनरल इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले शुक्रबार हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव अघि बढेपछि कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ । कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड ७६ लाख रुपैयाँ छ। एक बराबर ०.४ अनुपात अर्थात् ४० प्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।