सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयका राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् । उनीहरु दुवैले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

शाह माओवादी नेतृत्वको प्रदेश सरकारमा सुरुदेखि नै नेकपा एमालेबाट नेतृत्व गर्दै सरकारमा रहेका थिए । सुरुमा आन्तरिक मामिलामन्त्री रहेका शाहले गत जेठमा उक्त मन्त्रालय छाडेर आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए । राज्यमन्त्री गहतराज गत जेठमा नियुक्त भएकी थिइन् ।

हाल नेकपा एमाले विभाजन हुँदा शाह र गहतराजले भने नेकपा एमालेमै रहने निर्णय गरेको बताएका छन् ।