निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध चारवटा उजुरी, २० गते सुनुवाइ

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चारवटा उजुरी परेका छन् । सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समिति बैठकमा प्रधानविरुद्ध चारवटा उजुरी परेको जानकारी दिइएको हो ।

उक्त उजुरीका सम्बन्धमा आगामी असार २० गते सुनुवाइ हुने समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए । बैठकले सुनुवाइका लागि प्रस्तावित कार्यतालिकालाई परिमार्जन सहित पारित गरिएको उनले बताए ।

संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो । त्यसपछि समितिले प्रधानविरद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।