कर्मचारीको धर्ना सकिएपछि कृषिमन्त्रीले गरे पदभार ग्रहण 

नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार उनले सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

यसअघि आजै केहीबेरअघि पदभारका लागि मन्त्रालय पुगेका उनी केहीबेर कर्मचारीहरुको कुरा सुनेर क्यान्टिनमा बसेका थिए । कर्मचारीको आन्दोलन सकिएपछि मन्त्री अधिकारीले पदभार ग्रहण गरेका हुन् ।

कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरू मूलगेटमै आन्दोलनरत छन् । वृत्ति विकास रोकिएको भन्दै उनीहरुले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गरेका छन् ।