आजपनि सुनको मूल्य स्थिर

काठमाडौं । सुनको मूल्य लगातार तेस्रो दिनदेखि स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लगातार तेस्रो दिन सुनको मूल्य स्थिर रहेर छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । 

यस्तै, चाँदीको मूल्यमा भने गिरावट आएको छ । सोमबारको तुलनामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको जनाएको महासंघले जनाएको छ ।