सुनको मूल्य आज पनि स्थिर

 लगातार चार दिनसम्म नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । माघ ७ गतेदेखि स्थिर रहेको सुन माघ १० गतेसम्म स्थिर रहेको हो ।

बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।