दक्षिणकालीमा सनराइज बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

सनराइज बैंकको फर्पिङ शाखाले दक्षिणकालीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले नेसनल बैंकिङ इन्स्टिच्युट (एनीआई)सँग सहकार्य गरी फागुन २० गते  शुक्रबार सो कार्यक्रम आयोजना गरेको हो ।

बैंककाे साे कार्यक्रममा करिब १ सय जना स्थानीय  महिला, साना व्यवसायी तथा  अन्य व्यक्तिको सहभागिता रहेको थियो ।  कार्यक्रमले बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सतर्कता सुरक्षित रेमिट्यान्स प्रणालीलगायतका विषयमा साक्षरता प्रदान गरेको बैंकले बताएको छ ।

कार्यक्रममा बैंकका  नायब महाप्रबन्धक रविनकुमार नेपाल, नेसनल बैंकिङ इन्स्टिच्युटको तर्फबाट विनोद अधिकारी र बैंकका अन्य प्रतिनिधिहरूले विभिन्न विषयमा सहभागीहरूलाई साक्षरता प्रदान गरेका थिए । केही समय अघि सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा डिजिटल बैंकिङ गर्न प्रोत्साहन गरी डिजिटल दक्षिणकाली अभियानसमेत गरेको थियो ।

सनराइज बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरूले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरूको पहुँच पुगोस् भन्नले उद्देश्यले कार्यक्रम गरेको बताएको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तीय साक्षरतालाई अवलम्बन गर्दै यस्तो कार्यक्रमलाई जोड दिएको बैंकको भनाइ छ ।

हालसम्म सनराइज बैंकले १ सय ३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १ सय ५९ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार