सशस्त्र प्रहरीका एक सय एसपीको सरुवा

सशस्त्र प्रहरीले एकै पटक १०० जना उपरीक्षकहरूको सरुवा गरेको छ ।

सशस्त्र प्रहरी बलको हेडक्वार्टर हलचोकले एकै पटक वरिष्ठ अधिकृतहरूको सरुवा गरेको हो ।

सरुवा अनुसार सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुलाई सशस्त्र प्रहरी बल रिजर्भ गण ४३ नम्बर हेडक्वार्टरबाट सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ ।

त्यसैगरि समेनन्द बज्राचार्यलाई सशस्त्र प्रहरी बल मानव श्रोत विभागबाट सशस्त्र प्रहरी बल ४ नम्बर गण हेडक्वार्टर सुनसरीमा सरुवा गरिएको छ ।

उता हर्कराज पन्तलाई एपीएफ अस्पतालबाट सशस्त्र प्रहरी बल ४४ नम्बर गण हेडक्वार्टर दार्चुलामा सरुवा गरिएको छ ।