कालीमाटीमा फर्सी र काउली महँगियो

फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (आइतबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज धेरैजसो हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। सागको मूल्य भने केही घटेको छ। तराईको काउलीको मूल्य भने प्रतिकिलो १५ रुपैयाँ बढेको छ।

कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी रायोको साग छ भने महँगो तरकारी कुरिलो छ। रायोको साग प्रतिकिलो २५ रुपैयाँमा किनबेच भइरहँदा कुरिलोको मूल्य आज पनि किलोकै ११०० रुपैयाँ छ।

कालीमाटीमा आज सानो लोकल गोलभेँडा ५०, रातो आलु ५७, सेतो आलु ५३, तराईको बन्दा ४५, तराईको काउली ८०, लोकल सेतो मुला २७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी लाम्चो भन्टा ६५, लाम्चे हरियो फर्सी ४०, डल्ले हरियो फर्सी ७५, रायोको साग २५, कन्य च्याउ २००, डल्ले च्याउ ३२६, कुरिलो ११००, ब्रोकाउली ९५, सिताके च्याउ ७५०, राजा च्याउ २९० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो सानो लोकल गोलभेँडा ५०, रातो आलु ५७, भारतीय रातो आलु ५४, सेतो आलु ५१, भारतीय सुकेको प्याज ९२, तराईको गाँजर ८५, तराईको बन्दा ४५, तराईको काउली ६५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी सेतो मुला २७, लौका र परबल ६५, घिरौँला ८५, चिचिन्डो ५५, पाकेको फर्सी ५५, हरियो फर्सी ४०, स्कुस ३०, रायोको साग २५, कन्य च्याउ २००, डल्ले च्याउ ३७६, ब्रोकाउली ९५, सिताके च्याउ ७५०, राजा च्याउ २९० रुपैयाँ प्रतिकिलो थियो।