काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ ।
सोमबार बिहान १ बजे चाक्सीबारीस्थित निजी निवासमा उनको निधन भएको हो । ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गतवर्ष मात्रै उनो पेटको शल्यक्रिया गरिएको थियो ।
उनी बहुदलपछि तत्कालीन काठमाडौं नगरपालिकाको पहिलो मेयर थिए । उनैले काठमाडौंलाई महानगर बनाउन भूमिका समेत खेलेका थिए । ०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए ।
उनको निधनमा काठमाडौं महानगरले सोमबार सार्वजनिक विदा दिएको छ । अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहने निर्देशानुसार अनुरोध गरिएको महानगरले जनाएको छ ।















