काठमाडौँ – नेपाल बैंकर्स संघले रिक्त रहेको अध्यक्ष पदमा सुनिल केसी चयन भएका छन् । बुधबार काठमाडौंमा भएको संघको विशेष साधारणसभाबाट अध्यक्ष पदमा एनएमबी बैंकका सिइओ सुनिल केसी चयन भएका हुन् ।
दुई हप्ता अघि संघको अध्यक्ष रहेका कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको कार्यकाल सकिएसँगै केसी कार्यबाहक अध्यक्ष बनेका थिए ।
बुधबार बसेको संघको विशेष साधारणसभाले केसीलाई नै अध्यक्ष बनाउने निर्णय गरेको हो ।यस्तै उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोईराला चयन भएका छन् ।













