हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान

काठमाडौं : सरकारले यही फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हात्तीपाइले प्रभावित १५ जिल्लाहरूमा औषधि सेवन अभियान चलाइने छ।

झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके दाङ र कैलाली हात्तीपाइले विरुद्धको औषधि खुवाइने छ।

तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी धार्मिक स्थल आदि मा बुथ राखि यो औषधि खुवाउने मन्त्रालयले जनाएको छ।