युनाइटेड पराजित हुँदा चेल्सीको बराबरी

Image

इंग्लिस प्रिमयर लिगमा म्यानचेस्टर युनाइटेड आफ्नै मैदानमा लगातार दोस्रो वर्ष बोर्नमाउथसँग ३-० ले पराजित हुँदा अर्को खेलमा चेल्सी एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीले लिभरपुलसँग अङ्क दुरी घटाउने अवसर चेल्सीले गुमायो ।

युनाइटेड भने लगातार खराब लयबाट गुज्रिरहेको छ । युनाइटेडको यो प्रिमियर लिगको चार खेलमध्ये तेस्रो हार हो, जसले प्रशिक्षक रुबेन अमोरिमको टोलीलाई दबाब बढाएको छ । यो हारपछि युनाइटेड क्रिसमसको समयमा १३ औं स्थानमा रहेको छ । अमोरिमको नेतृत्वमा भएका ६ खेलमा जम्मा सात अंक मात्रै जोड्न सफल युनाइटेडको प्रदर्शन अपेक्षाभन्दा निकै तल देखिएको छ ।

बोर्नमाउथ पाँचौं स्थानमा रहेको छ, जुन यस सिजन युरोपेली क्लबहरूको नतिजालाई हेर्दा आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो देखिएको छ ।

बोर्नमाउथको जितमा डिन हुइजसेनले २९ औं मिनेटमा पहिलो गोल गर्दा जस्टिन क्लुभर्टले पेनाल्टीमार्फत ६१ औं मिनेटमा दोस्रो गोल गरेका थिए । २ मिनेट पछिनै एन्टोनी सेमेनियोले टिमका लागि तेस्रो गोल गर्दा युनाइटेड स्तब्ध बनेको थियो । युनाइटेड १३ खेलबाट २२ अङ्कका साथ अङ्क तालिकामा १३ औं स्थानमा हरेको छ । बोर्नमाउथ २८ अङ्कका साथ पाँचौं स्थानमा रहेको छ ।