ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चालक गम्भीर घाइते

Image

ललितपुरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक पनि गम्भीर घाइते भएका छन् ।

सोमबार साँझ गोदावरी नगरपालिका ३ मोतीचौरमा लुम्बिनी प्रदेश ०१–००२ प ६६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६० वर्षीय लुरु सिलवालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते सिलवालको गएराति बीएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक १७ वर्षीय इसान बस्नेत पनि गम्भीर घाइते भएका छन् ।

ललितपुरकै चापागाइँ घर भई बाडेगाउँ बस्नेतको ललितपुरमै रहेको केयरएण्डकेयर अस्पतालमा उपचार भइरहेको पौडेलले बताए ।