सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ ।
बिहीबार लिला पछाईसँगको बयान सकिएपछि जिल्ला अदालत कास्कीमा रवि लामिछानेसँग बयान सुरु भएको हो । रविसँग न्यायाधीश नितिज राईले बयान लिइरहेका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकामध्यबाट हालसम्म छविलाल जोशी र लीला पछाईको बयान सकिएको छ ।
बिहीबार बयानका लागि रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ । रविसँगै गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको छ ।