शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्ने गरेको बताएकी छन् ।
शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन)ले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री भट्टराईले त्रिभुवन बिश्वविद्यालयको सुधारका लागि ध्यान केन्द्रीत गरेको तर आफुले केहि पहल गर्दा मन्त्रीले हस्तक्षेप गरेको आरोप आउने गरेको जिकिर गरेकी हुन् । विश्वविद्यालयको सुधारका लागि पहिलो भूमिका पदाधिकारीहरुले निर्वाह गर्नुपर्ने उनले बताइन् ।
मन्त्री भट्टराईले कक्षा १० को परिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्रण गर्ने तयारी भइरहेको जानकारी दिएकी छन् । ‘१० को प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा छौं’, उनले भनिन् । नजितालाई सुधार गर्नका लागि पनि काम भइरहेको उनको भनाइ छ ।
उनले १२ कक्षाको रजिस्ट्रेशन शुल्कका लागि राजस्व छुट गरिने बतइन् । मन्त्री भट्टराईले छात्रवृतिलाई प्रभावकारी बनाउन ऐनलाई नै संशोधन गरि लक्षित वर्गसम्म पुर्याउने बताइन् । उनले शिक्षा क्षेत्रको सुधारका लागि अहिलेको बजेट अपुग हुने भएकाले संघ लगायत प्रदेश र स्थानीय तहले पनि शिक्षा क्षेत्रका लागि बजेट बढाउनुपर्ने जिकिर गरेकी छन् ।
मन्त्री भट्टराईले क्यालेन्डर अनुसार काम भइरहेको र कुनै कमजोरी भए सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएकी छन् उनले यसअघि विशेषपरिस्थीतिमा स्थापना भएका दल निकट शिक्षक संगठनहरु अहिलेको अवस्थामा आवश्यक नरहेको जिकिर गरिन् ।