आईसीसी यू-१९ महिला टी२० विश्वकपको तयारी स्वरूप आज पहिलो अभ्यास खेलमा नेपालविरुद्ध वेष्ट इन्डिजले टस जितेर ब्याटिङ गर्दै छ भने नेपालले फिल्डिङ पाएको छ ।
खेल मलेसियास्थित कोलेज तुन्कु जाफार मैदानमा भइरहेको छ । नेपालले दोस्रो अभ्यास खेल १५ जनवरीमा अमेरिकासँग खेल्नेछ ।
विश्वकपमा सहभागी हुनका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको छ । टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा प्रशिक्षकमा महेश प्रसाद रिजाल छन् ।