जय ट्रफी मेन्स एलिट कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
वीरगञ्जमा जारी खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिसले दिएको १०२ रनको सामान्य लक्ष्य पछ्याएको आर्मी ७४ रनमा अलआउट भयो ।
पुलिसलाई जिताउन स्पिनर जोडी सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । सागरले ६ र ललितले ४ विकेट लिए ।