खो-खो विश्वकपमा महिला टोली उपविजेता, भारतले जित्यो उपाधि

Image

काठमाडौं । प्रथम खो खो विश्वकप को महिलातर्फ नेपाल उपविजेता बनेको छ । आइतबार भएको फाइनलमा घरेलु टोली भारतसँग पराजित भएपछि नेपाल उपविजेता बनेको हो ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा नेपाल भारतसँग ७८-४० ले पराजित भएको हो । घरेलु कोर्टमा भारतीय महिला टोली अपराजित रहँदै च्याम्पियन बनेको हो ।