महिला यू–१९ टी–२० विश्वकपमा नेपालीकी पूजा महतो सर्वाधिक विकेट लिने खेलाडी भएकी छन् । समूह चरण र प्लेअफपछिको अहिलेको स्थितिसम्म पूजा ९ सहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा उक्लिएकी हुन् । पूजाले ४ खेलबाट ९ विकेट लिएकी हुन् ।
मलेसियाविरुद्ध पूजाले ३.४ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । पूजाको कसिलो बलिङ मद्दतमा मलेसिया ४४ रनमै रोकिएको थियो ।
प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचीमा दोस्रो नम्बरमा श्रीलंकाकी चमुदी प्रबोदाले ७ विकेट लिएकी छिन् ।
अब सुपर सिक्सदेखि सेमिफाइनलका खेलहरू बाँकी नै भएकाले अन्य खेलाडीहरू सूचीमा माथि आउनेछन् । हालका लागि पुजा शीर्षस्थानमा छिन् ।
मलेसियालाई नेपालले ४५ रनमा अलआउट गरेको छ । पूजाले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । नेपाललाई आज सान्त्वना जित निकाल्ने अवसर छ ।