दक्षिण अफ्रिकालाई हराउँदै भारतले आईसीसी यू-१९ महिला टी-२० विश्वकपको उपाधि जितेको छ ।
आइतबार मलेसियाको क्वालालम्पुरमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै विश्वकप जितेको हो ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८२ रन बनाएर भारतीय टोलीलाई ८३ रनको लक्ष्य दियो । त्यसपछि भारतीय टोलीले ८.४ ओभर बाँकी रहँदा यो लक्ष्य हासिल गर्यो ।
भारतका लागि त्रिशा गोंगाडीले तीन विकेट, पारुनिका सिसोदिया, आयुषी शुक्ला र वैष्णवी शर्माले दुई/दुई विकेट लिए ।
भारतीय टोलीका लागि ब्याटिङमा त्रिशा गोंगाडीले सर्वाधिक रन (४४) बनाइन् ।