अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइतबार सकिएको आइसिसी यू-१९ महिला टी-२० विश्वकप २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका विभिन्न देशका खेलाडी समेटेर ‘टिम अफ दि टुर्नामेन्ट’ घोषणा गरेको छ ।
जसमा नेपालकी कप्तान पूजा महतो पनि परेकी छन् । अलराउन्डरको रूपमा टोलीमा परेकी पूजाले मलेसियामा भएको विश्वकपमा ९ विकेट लिँदा ७० रन बनाएकी थिइन् । पूजाले प्लेअफको खेलमा घरेलु टोली मलेसियाविरूद्ध चार विकेट लिएकी थिइन् ।
पूजा हाल नेपालमा भइरहेको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको सिनियर टोलीबाट खेलिरहेकी छिन् । टोलीमा दक्षिण अफ्रिकालाई हराएर च्याम्पियन बनेको भारतका चार खेलाडी समावेश छन् ।
भारतीय टोलीको नेतृत्व गोंगाडी त्रिशा ओपनरको रुपमा छिन् । उनले विश्वकपमा ३०९ रन बनाएकी थिइन् । सर्वाधिक रन बनाएकी त्रिशाको यो स्को दोस्रो स्थानमा रहेकि ब्याटरको भन्दा १३३ रनले बढी हो । फाइनलमा त्रिशा प्लेयर अफ द म्याच घोषित भएकी थिइन् । उनले दक्षिण अफ्रिकाविरुद्ध फाइनलमा १५ रन खर्चिएर तीन विकेट लिएकी थिइन् भनेअविजित ४४ रन बनाएकी थिइन। जससँगै भारतले नौ विकेटको जित हासिल गरेको थियो ।
उनीसँगै टोलीमा भारतकी ओपनर जी कमलिनी पनि टोलीमा सामेल भएकी छिन । उनले प्रतियोगिताभरमा १४३ रन बनाएकी थिइन् ।
आइसीसी यू-१९ महिला टी २० विश्वकप २०२५ को प्रतियोगिताको टोली
१. जी त्रिशा (भारत)
२. जेम्मा बोथा (दक्षिण अफ्रिका)
३. दाभिना पेरिन (इङ्ल्यान्ड)
४. जी कमलिनी (भारत)
५. काओइमहे ब्रे (अष्ट्रेलिया)
६. पूजा महतो (नेपाल)
७. कायला रेनेके (कप्तान) (दक्षिण अफ्रिका)
८. केटी जोन्स (विकेटकिपर) (इङ्ल्यान्ड)
९. आयुषी शुक्ला (भारत)
१०. चामोदी प्रबोदा (श्रीलंका)
११. वैष्णवी शर्मा (भारत)
१२. न्थाबिसेङ निनी (दक्षिण अफ्रिका)