चलचित्र ‘डोरी’को गीत ‘चुच्चे ढुंगो उही टुंगो’ सार्वजनिक

Image

नेपाली चलचित्र ‘डोरी’को पहिलो गीत ‘चुच्चे ढुंगो उही टुंगो’ सार्वजनिक भएको छ । गीतमा राजनराज शिवाकोटी र अन्जु पन्तको स्वर छ । गीतमा राजनराज शिवाकोटीको शब्दरचना र संगीत छ ।

गीतमा नेपाली मौलिक शब्द सुन्न सकिन्छ । गीतको भिडियोमा आर्यन सिग्देल र अञ्जना बराइलीको नृत्य छ । उनीहरूलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आलेलगायतको अभिनय छ ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा छन् । ‘डोरी’ चैत १५ गते रिलिज हुनेछ ।