प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार (साउन २५) सिंहदरबारमा नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री बनेपछि शाहले विदेशी राजदूतहरूलाई पहिलोपटक एक्लाएक्लै शिष्टाचार भेट दिन लागेका हुन्। यसअघि ‘प्रोटोकल’ नमिलेको भन्दै उनले राजदूतहरूसँग व्यक्तिगत भेट गर्न अस्वीकार गर्दै आएका थिए।
शाहले यसअघि भने विदेशी राजदूतहरूसँग दुईपटक सामूहिक रूपमा शिष्टाचार भेटवार्ता गरेका थिए।
भारतीय र चिनियाँ राजदूतसँग हुन लागेको छुट्टाछुट्टै भेटलाई नेपालका दुई छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।














