लिभरपुलसँग सिटी घरमै निराश

Image

इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटी घरेलु मैदानमम लिभरपुलसँग २–० ले निराश बनेको छ ।

आइतबार राति इत्तिहाद रंगशालामा पाहुना टोली लिभरपुललाई जित दिलाउन मोहमद सालाह र डोमिनिक सोबोसज्लाईले गोल गरे । लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको हो । 

खेलको १४औँ मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रतामा राखेका थिए । ३७औँ मिनेटमा सोबोसज्लाईले गोल गरेपछि पहिलो हाफमै लिभरपुलले २–० को अग्रता बनाएको थियो ।

जितसँगै २७ खेलबाट ६४ अंक जोडेको लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । लिभरपुललाई पछ्याइरहेको आर्सनलले २६ खेलबाट ५३ अंक जोडेको छ । २६ खेलबाट ४४ अंकको म्यानचेस्टर सिटी चौथो स्थानमा छ ।