युगाण्डामा जारी वुमन्स डे कप क्रिकेटअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डाबाट ७७ रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७६ रन जोड्यो ।
आज नेपाली महिला क्रिकेट टिमका लागि टी-२०आईमा सना प्रवीनले डेब्यू गरेकी छन् । उनले गत जनवरीमा भएको आईसीसी यू-१९ विश्वकप खेलेकी थिइन् ।
यसअघि नेपालले आफ्नो पहिलो खेल शनिबार नामिबियासँग खेलेको थियो। खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।
आज युगान्डासँग खेलिरहेको नेपालले फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।















