राजावादी प्रदर्शनकारीले काठमाडौँको तीनकुनेमा व्यक्तिका घर तोडफोड गरेका छन् । उनीहरूले घरको सीसाको झ्याल ढुंगामुढा गरेर तोडफोड गरेका हुन् ।
तीनकुने क्षेत्र अहिले तनावग्रस्त छ । प्रदर्शनकारीले प्रहरीमाथि पनि ढुंगा प्रहार गरेका छन् । प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिरहेको छ ।














