ब्राजिलियन फुटबलर राेबेर्टाे कार्लाेस जारी एनसेल नेपाल सुपर लिगमा आउने भएका छन्। ५१ वर्षका कार्लाेसले ब्राजिल र स्पेनिस क्लब रियल मड्रिडबाट खेलेका छन्। डिफेन्डर कार्लाेस २००२को विश्वकप विजेता पनि हुन्।
१९९८ मा ब्राजिल विश्वकपकाे उपविजेता हुँदा डिफेन्डर कार्लाेस महत्त्वपूर्ण सदस्य थिए। यस्तै उनले दुई काेपा अमेरिका र एक कन्फेडेरेसन कप पनि जितेका छन्।
शनिबार दशरथ रंगशालामा आयोजकले उनी छिट्टै नेपाल आउने जानकारी दिएको हो। कार्लोसले नेपालका फ्यानलाई छिट्टै भेटौँला भन्दै भिडियो सन्देश पनि दिएका छन्।
















