हङकङमा जारी चार देशीय टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत प्रतिस्पर्धा गर्दैछन् । दुई देशबीचको खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा आइतबार बिहान सवा ११ बजेदेखि शुरू हुनेछ ।
शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको थियो । नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो ।
नेपालले यसअघि कतार र कुवेतलाई पराजित गरेको थियो । प्रतियोगितामा आयोजक हङकङका साथै नेपाल, कतार र कुवेत सहभागी छन् । जारी प्रतियोगितामा नेपाल अपराजित एक मात्रै टोली हो ।
















