नेपाल क्रिकेट संघ (क्यान)ले दुई वर्षअघि जनकपुरमा भएको राष्ट्रिय प्रतियोगिताका दौरान घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई उपचारका निम्ति पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन् २०२३ मा भएको महेन्द्र नारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगितामा घाइते भएका सिद्धान्तलाई पाँच लाख दिने निर्णय गरेको हो ।
सिद्धान्तको लिगामेन्टमा चोट लागेको थियो । त्यसयता उनले भारतमा उपचार गराइरहेका छन् । प्रतियोगितामा सिद्धान्तले कोसी प्रदेशको प्रतिनिधित्व गरेका थिए ।
सिद्धान्तले सन् २०१५ जुलाई १८ मा आईसीसी टी२० विश्वकप छनोट अन्तर्गत जर्सीविरुद्ध खेल्दै नेपालको सिनियर टिममा डेब्यु गरेका थिए ।














